SLF खबर सम्वाददाता /
पर्सा, ८ बैशाख
पर्साको बिरगंजमहानगरपालिका वडा १६ शंकराचार्य गेट स्थित मानिस अबैध हतियार सहित मकवानपुर को मनहरी गा.पा.वडा ५ बस्ने २५ वर्षीय राजु रानामगरलाई बुधवार ५ बजे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा कार्यालय बाट खटिएको प्रहरीले भारतको रक्सौल बाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्रु मगरलाई शंकास्पद अवस्थामा फेला पारी रितपूर्वक खानतलासी गर्दा निजले कम्मर भित्र लुकाइ छिपाई ल्याएको SUNMICA लेखेको पेस्तोल एक थान र पाइन्टको खल्तीमा लुकाई राखेको अवस्थामा ऐ.को खाली म्याग्जिन दुई थान अबैध हातहतियार फेला गरि पक्राउ गरेको हो ।

अबैध हतिहार सहित पक्राउ परेको रानामगर माथि थप अनुसन्धान भइरहेको पर्सा प्रहरी उपरिक्षक ओमप्रकाश खनालले बताएको हुन ।



