रोशन गुप्ता /
बारा, ८ बैशाख
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा नारी शक्ति विकास मंन्च महिला पुर्नस्र्थापना केन्द्रलाई कार्यालय भवन निर्मान गर्नकोलागि समाज सेवी पशुराम गिरीले गरे १ कठा जग्गा दान ।

समाज सेवी गिरी ज्युले दिएको १ कठा जग्गामा महिला पुनस्र्थापनाको एकतले भवन निमार्णको लागि करिब ३० लाख लगत लाग्ने भएको हुनाले हामीले वडा ७ र ८ बाट ५/५ लखा सहयोग पाउने छौ भने बाकी २० लाख रकम महायज्ञ बाट संकलन गर्ने जानकारी नारी शक्ति विकास मंन्चकी अध्यक्ष आशा दहालले बताएकी हुन ।

जीतपुरमा श्रीमदभवत ज्ञान महायज्ञ यही बैशाख ११ गते बाट थालनी हुने र सो कार्यक्रम ७ दिन चल्ने छ । यस महा यज्ञमा गुरु सुदर्सण चालिसेले का साथ उनका सहयोगी समुहले पर्वचन दिनुहुने जानकारी अध्यक्ष दहालले बताएकी हुन ।

यस संस्थाले महिलाहरुको बिकास तथा सहयोगको लागि सदेव तैयार तथा सहयोग गर्दैआएको पनि समाज सेवी पशुराम गिरीले बताएको हुन ।
जग्गाको भुमि पुजनमा पुर्व संविधान सभा सदस्य शोभाकर पराजुलि, वडा ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य दुर्गा रिजाल , वडा सदस्य ज्ञानी पासवान, जीतपुरसिमरा नगर उधोग वाणिज्य संघका अध्यक्ष सन्जय साह, महासचिव शिवजी सोनार, जसपा नेता धनश्याम गिरी , निरुराय माझी , समाज सेवी मनोज कुमार साह लगायत त्यहाँको स्थानियहरुको सहभागिता रहेको थियो ।

