१९ केजी गाँजा सहित एक जना पक्राउ

SLF खबर सम्वाददाता /
पर्सा, ६ बैशाख
पर्सा जिल्लाको बिरगंजमा एक व्यक्तिलाई १९ केजी लागु औषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार दिनको करिब ४ः४० बजेको समयमा मोटरसाइकलको लेनगार्डमा गाँजा लुकाई बिरगंज महानगरपालिका वडा १३ मुर्ली बस्ने ४४ वर्षीय उमर अन्सारीलाई पर्सा प्रहरीले पक्राउ गरिएको प्रहरी उपरिक्षक ओमप्रकाश खनालले बताएका हुन ।

ना ३८ प ६२२६ नम्बरको बाइकको लेनगार्डमा शंकास्पतरिकाले राखिएको दुईवटा कालो झोलामा प्रहरीलाई शंका लागेर चेक जाच गर्नेक्रममा १९ केजी लागु औषध गाँज फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *