विना मास्क घर बाहिर निस्के १०० रुपैया जरिवाना

SLF खबर सम्वाददाता /
पर्सा, ६ बैशाख
पर्सामा प्रहरीले विना मास्क घरबाट बाहिर निस्कने व्यक्तिलाई १०० रुपैया जरिवाना गरिएको छ । मंगलवार मात्र बीरगंजमा बिना मास्कको भेटिएका २९९ जनालाई दण्डित गरेको जानकारी जिल्ला प्रहरी कार्यलय पर्साले जानएको छ ।

मास्क नलागउने व्यक्तिहरुलाई प्रहरीले जरिवाना गरि कोरोना बाट बचन मास्क लगाउनु पर्ने जानकारी समझाई बुझाई पठाएका हुन ।

बजार गर्ने तथा घुम्नआउने विना मास्का भेटिएका सबैलाई जरिवाना तिराउँने तथा मास्को महत्व समझाई बुझाई अब उपरान्त बिना मास्क घरबाट न निस्कने वाचा गराएर एक थान मास्क समेत दिएर छोडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) ओमप्रकाश खनालले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *