बिपना शर्मा/
बैशाख ७ गते
पर्सामा फेरी एकजना वृद्ध पुरुषको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ निवासी ५७ वर्षीय वृद्ध पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । वृद्धको आज बिहान १२ बजेर ४८ मिनटमा उपचार गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
भारतबाट आएका उनको स्वास्थ्यमा समस्या देखिएपछि ०७७ चैत २८ गते नारायणी अस्पतालमा भर्नाको क्रममा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको थ्रोट स्वाबलाई आरटी-पिसिआर प्रविधिबाट परिक्षण गर्दा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । लामो समयदेखि मुटु सम्बन्धि रोगबाट पिडित उनको अस्पतालमा रहेको आइसियू वार्डमा अक्सिजन स्पोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले बताए ।

