SLF KHABAR जितपुरसिमरा उपमहानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सरबाट पीडित तथा मेरुदण्ड पक्षाघात भएका बिरामीहरूलाई प्रदान गरिने औषधि–उपचार खर्च वापतको मासिक सहायता रकम पहिलो त्रैमासिकका लागि भुक्तानी गरेको छ।
उपमहानगरपालिकाले २०८२ सालका श्रावणदेखि असोजसम्मका तीन महिनाका लागि प्रति बिरामी मासिक ५ हजार रुपैयाँका दरले रकम सम्बन्धित लाभार्थीको बैंक खातामा सीधै जमा गरिदिएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए।
जनस्वास्थ्य प्रबद्र्धन शाखाका अनुसार, ९७ जना पुराना बिरामीलाई कूल १४ लाख ५५ हजार रुपैयाँ तथा ११ जना नयाँ बिरामीलाई १ लाख ५५ हजार रुपैयाँ गरी पहिलो त्रैमासिकमा कुल १६ लाख १० हजार रुपैयाँ वितरण गरिएको छ।
गम्भीर रोगसँग संघर्ष गरिरहेका नागरिकलाई उपचारमा सहयोग पुर्याउन यो योजना अत्यन्तै महत्वपूर्ण रहेको भन्दै, भुक्तानी प्राप्त सबै लाभार्थीलाई जानकारी गराइएको उपमहानगरपालिकाले जनाएको छ।