वीरगन्ज–३ मा रहेको नापी कार्यालयका सर्भेक्षक (अमिन) प्रमोद राउत कुर्मी र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
प्रवक्ता पौडेलका अनुसार छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस मागिएको सूचना आयोगलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले मंगलबार नापी कार्यालय परिसरमै दुवै जनालाई सेवाग्राहीसँग घुस लिएको अवस्थामै पक्राउ गरेको बताइएको छ।