शिक्षा सुधारमा कठोर अडान लिँदै वडा अध्यक्ष सुलतान अंसारी, विद्यार्थीको घरदैलोमै पुगेर निगरानी

SLF KHABAR
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ हरपूरका वडा अध्यक्ष सुलतान अंसारीले निर्वाचित भएको पहिलो दिनदेखि नै शिक्षा सुधारमा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट अडान लिँदै आएका छन्।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा हाजिर नभएको जानकारी पाएपछि वडा अध्यक्ष अंसारी स्वयं विद्यार्थीको घरदैलोमा पुगेर अभिभावकसँग छलफल गर्ने गरेका छन्। शिक्षा सुधार केवल कागजी नीतिमा सीमित नराखी व्यवहारमै उतार्नुपर्ने उनको भनाइ छ।

वडा अध्यक्ष सुलतान अंसारीले भने, “शिक्षा नै समाज परिवर्तनको आधार हो। बालबालिका विद्यालय बाहिर रहनु हुँदैन भन्ने जिम्मेवारी जनप्रतिनिधिको पनि हो।”

उनको यस सक्रियता र प्रतिबद्धतालाई स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन्। स्थानीयका अनुसार, “प्रतिनिधि होस् त सुलतान काकाजस्तो—कुर्सीका लागि होइन, परिवर्तनका लागि निर्वाचित।”

स्थानीय तहमा शिक्षा सुधारका लागि देखिएको यस किसिमको प्रत्यक्ष पहलले हरपूरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *