रोशन गुप्ता
बारा, ४ जेष्ठ /

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाका गठबन्धनबाट माओबादी पार्टीको तर्फबाट राजन पौडेल प्रमुख (मेयर) पदका उमेदवारले भारीमतका साथ विजयी भएका छन । पौडेल निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी सरस्वती देवी चौधरी भन्दा ९६४ मतले विजयी भएका छन ।

उपमेयर पदमा सोमबार सम्म गठबन्धबाट नेपाली कांग्रेस पार्टीको तर्फबाट उपमेयर पदको उमेदवार मेघा साहीले जेष्ठ गते सम्म पदमा सुरक्षीत रहेकी थिइन तर मंगलवार उनको ठाँउमा एमाले तर्फका उमेदवार भोला प्रसाद अधिकार ५७१ मतले मेघालाई पछाडी परेका थिए । हाल अधिकारी साही भन्दा १६५० मतले उपमेयर पदमा निर्वाची भएका छन ।



