रोशन गुप्ता
बारा, २१ जेष्ठ /
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । केही वर्ष पहिला जीतपुर बजारमा आउदा दुर्गन्धको कारणले गर्दा बजारबाट समान खरिद गर्ने व्यक्तिहरुको संख्या धेरै कम हुने गरेको थियो भन्नु पर्दा त्यस बेला पनि यसलाई स्मार्ट सिटी कै संघया यहाँका स्थानिय प्रतिनिधिले दिदै आएका थिए ।

न्व निर्वाचित वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बजार व्यवस्थापन गर्नको लागि बजारको सबै व्यपारीहरुलाई बिषेश छलफलको लागि जितपुरसिमरा नगर उधोग वाणिज्यको मुख्य कार्यालयमा कार्यक्रम गरेको थियो । सो विषेश क्षलफलमा सबै को साथ भए मात्र जितपुरको फोहोर व्यवस्थापन गर्न सम्भव हुने छ । माछा बजारबाट उत्पन्न भएको फोहोर लाई नालामा न हाली बरु डस्टविन मा हाले बजारको ४० प्रतिशत दर्गन्ध कम हुनेछ । बजारको होटेल संचालन गर्दै आएका संचालकहरुले भाडा सफा गर्ने ठाँउलाइ व्यवस्थित गरे भने करिब २० प्रतिशत दुर्गन्ध कम हुनेछ । तरकारी व्यवसायीहरुले सडेगलेका तरकारीहरुलाई बाटोमा फयाक्ने कम गरि डस्टविन मा राख्यो भने करिब १५ प्रतिशत दुर्गन्ध कमहुनेछ । यसै गरि अन्य व्यवसायीहरुले विविध समानबाट उतपन्न भएको पलास्टी, काटुन, जकडिएको खाने समाग्रीहरुलाई व्यवस्थित तरिकाले डस्ट विनमा राख्यो भने करिब २५ प्रतिसत दुर्गन्ध कम हुनेछ । वडाका सबै वासीले हातेमालो गरे भने मात्र जितपुरको बजारलाई व्यवस्थित गर्न सहज हुने अर्थात सिंगारीन सकिने वडा अध्यक्षले बताए ।

आउदो दिनमा पनि वडाले जनताको समस्याको कसरी हल निकालने बारेमा पछि नपर्ने प्रतिबद्धता जनाए पछि व्यवसायीहले खुःसी ब्यक्त गरेका हुन । पुर्व वडाले ५वर्षमा न गर्नसक्ने काम वर्तमान वडाले छोटो समयमै गरेर देखाएको कार्यक्रममा ब्यवसायीहरुले बताएका हुन ।

कार्यक्रममा जीतपुरसिमरा नगर उधोग वाणिज्य संघका अध्यक्ष संजय साह, उपाध्यक्ष मनोज गुप्ता, कोषाध्यक्ष अमर यादव, वडा सदस्य नबिन मैनाली , ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरिक्षक राजन थापा, वडाका सचिव डिल्ली ढुङाना लगाएत स्थानिय व्यवसायीहरु के उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण अनिल तिवारीले गरेका थिए ।


