रोशन गुप्ता
बारा, २५ जेष्ठ /
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । नव निर्वाचित वडा अध्यक्ष सुनिल कुमार गुप्ताको पहलमा अनाधिकृत रुपमा लगाइएका पसल अगाडीको छानाहरु फटाफट हटाउन थालिएको छ ।

अनाधिकृत रुपमालगाईएका छानाहरुको कारणले गर्दा वजारमा आवत जावत गर्न खरिदारहरुलाई समस्याहुने तथा पसलमा कुनै कारणबस आगो लागेमा दमकललाई बजार भित्र प्रवेश गर्न धेरै समस्या भइरहेको कारणले गर्दा अनाधिकृत रुपमा लगाइएका छानाहरु हटाउन लागिएको वडा अध्यक्षले बताएका हुन ।

निरीक्षण पछि बजारका सबै क्षेत्रलार्इृ सफा राख्न वडाले निर्देशन दिएका छन । उनले आज जितपुरको तरकारी बजार तथा गदरी बजार निरीक्षण गरेका छन ।



