रोशन गुप्ता
बारा, २९ जेष्ठ
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ र वडा ५ लाई हाइवे संग जोडने सडक निमार्ण हुदैछ ।
प्रदेश स्तरिय बजेट रु ५० लाखबाट ४५० किलो मिटर सडक निमार्ण हुनेछ । निमार्ण हुदै गरेको सडकको लम्बाई ४५० हुनेछ भने सो सडकको चौडाइ २३ हुने जानकारी सडक निमार्ण उपभोक्ता समितिका अध्यक्ष कृष्णा श्रीवास्तव बताएका छन ।

सडक निमार्ण हुदैगरेको कार्य देखेर स्थानियले समाजिक संजालमा भिडियो तथा फोटो साझा गरिरहेका छन ।

वडा अध्यक्ष सुनिल कुमार गुप्ताले सडक निमार्ण हुदैगरेको स्थललाई आफनो वडा स्दस्य सहित निरिक्क्षन गरेका छन । सो निरिक्क्षणमा वडाले सडक निमार्ण समिति का स्दस्य तथा ठेकेदारलाई सडक निर्माणमा कुनै प्रकारको कमिकमजोरी स्वीकारिने छैन, निर्देशन दिएका छन ।

वर्षौ दिन देखि पुर्व वडालाई भन्दा भन्दै थाकियो तर सडक निर्माण हुन सकेन । नव निर्वाचित वडा अध्यक्ष सुनिल कुमार गुप्ताले एक महिना पुरा नहुदै सडक निमार्ण धमाधम सुरु गरेका छ । बर्षा को बेला सडकको पानी पसलमा जम्मा हुने तथा धेरै समान नस्ट हुनेगरेको स्थानियले आरोप लागाएका छन । पुर्व वडा अध्यक्षको कार्यकालमा सडकमा सफाइ कर्मीहरु नदेखिने तर हाल सडकमा फोहोर नदेखिने भएको स्थानियले बताए ।


