बारा, २४ चैत्र
रोशन गुप्ता /
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा एसईई दिईरहेकी एक छात्राको वडा क्षेत्रमा अक्सिजन युक्त स्वास्थ्य चौकी व्यवस्थापन नभएको कारणले गर्दा १७ वर्ष कै उमेरमा संध्या खड्काको मृत्यु भएको छ । उनी एसईई परिक्षाको विज्ञान विषयको परिक्षा सकेर बिहीबार हुने परिक्षाको तैयारी गर्न उनी पढने राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवाना विधालयमा परिक्षाको तैयारी गर्दै गरेको बेला संध्या बहोस भएको थिइन र त्यसै बेला उपचारको लागि स्वास्थ्य चौकीं पुग्दा ओक्सिजन व्यवस्थापन नगरिएको कारणले संध्याको ज्यान गएको उनकी आमाले बताएकी छिन ।
विधालयमा हात्तिपाईलेको औषधी निःशुल्क वितरण भएको बेला उनी पनि औषधी सेवन गरेको थिइन, औषधी खाएको दिन देखिनै उनको स्वास्थ्यमा समस्य उत्पन्न हुन थाल्यो । उनको घाटीमा समस्या (इल्र्जी) औषधी सेवन दिन देखिनै उत्पन्न भएको थियो । स्वास्थ्य चौकींमा रहेको बेला संध्यालाई उनको आमाले जिवन जल खोवाएर सिमराको अलपाइन मा उपाचारको लागि लगिएको तर बिच बाटोमै हामीबाट छोरी सदाको लागि बिदा लिइन भन्दै उनको आमा रुदै हामीलाई बताइन ।
डुमरवानामा संचालनमा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्वास्थ्य चौकीमा हामीले २ वटा ठुलो सिलेन्डर अनि २ वटा सानो गरि ४ वटा ओक्सिजन सिलेन्डर उपल्बध गराएका छौ तर हामीलाई त्यस सिलिन्डरमा ओक्सिजन सकिएको जानकारी स्वास्थ्यकर्मीले वडालाई गराएका छैन्न । जनताहरुको भनाई पनि सहि नै हो कि ओक्सिजनको अभावले नै बालिकाको मृत्यु भएको हो । यस घटना प्रति हामीलाई पिडापनि रहेको छ । यसको साथै हामीले नगरपालिकालाई स्वास्थ्य चौर्कीलाई २४ सौँ घण्टा संचालन गर्ने पत्रचार गरेपनि नगरपलिकाले नजरअन्दाज गर्दै आएको वडाध्यक्ष राम प्रसाद लामिछानेले बताएका हुन ।
स्थानिय प्रतिनिधिहरु चुनावमा भने जस्तै जनताको लागि सर्मपित नभएको कारणले गर्दा सध्याले १७ वर्ष कै उमेरमा ज्यान गुमाउन बाध्य भएकी हुन । सादय निर्वाचित प्रतिनिधिहरु समयमा काम गरेको भए वा भएको काम पनि प्रभावकारी रुपले गरेको भए यस्तो अवस्था आउने थिएन । ठुला–ठुला स्वास्थ्य यन्त्र स्वास्थ्य चौकीमा भएर जनताहरु कहिले पनि स्वास्थ्य हुदैन जब सम्म तपाईहरुको सोच जनताहरु प्रति राम्रो हुदैन तब सम्म जनताहरु स्वास्थ्य कहिले पनि हुन सक्दैन । स्वास्थ्य चौकीमा आधुनिक मेसिन छ तर मसिन संचालन गर्ने कर्मचारी व्यवस्थापन गर्न सकिएको छैन । सुन्नमा आउ छ संचालन गर्ने कर्मचारीको तलब नगरले व्यवस्थापन नगरेको कारणले गर्दा अधुनिक यन्त्र थप्प परेको र स्थानिय जनताहरु न घरको न घाटको भएको स्थानियले बताएका छन ।

