जितपुरमा युवा नेता द्धारा बालबालीकाहरुलाई स्टेसनरी समाग्री उपहार

रोशन गुप्ता /
जीतपुर, १३ चैत्र
जीतपुरसिमरा उपमहानगरपालिका वडा–७ जीतपुर विशाल बजार मा युवा नेता मनोज कुमार साह द्धारा संचालित फ्रि कोचिङ मा युवा नेता उमेश कुशवाहा द्धारा स्टेसनरी समाग्री बितरण गरेको हुन । फ्रि कोचिङमा गरिब बालबालिकाहरुलाई केन्द्रीत गर्दे ७ वर्ष देखि शिक्षा प्रदान गर्दै आएको साहले बताएका हुन ।

अध्यनरत गरिब बालबालिकालाई शिक्षाण कार्यमा कुनै अवरोध आउन नदिन बारा क्षेत्र नम्बर ४ का खका उपबिजेता युवा नेता उमेश कुशवाहाले बिधार्थीहरुलाई एक हजार प्रति कापी ,पेन्सिल, कटार,इरेजर लगायतका स्टेसनरी समाग्री उपलब्ध गराउनु भएको हुन । एक कार्यक्रम बिच उक्त उपलब्ध स्टेसनरीका समाग्रीहरु प्रमुख अतिथि उमेश कुशवाहा बिशिस्ट अतिथि जानजगारण माध्वर्ती समुदायिक बन समितिका अध्यक्ष तारा बहादुर कार्की अतिथि नेपाल फोरम लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य श्रीराम साह ,नेकपा पुवानेता सतोष साह, समाजसेवी गभिरा सहनी ,लगायतले बितरण गरी छात्रछात्राहरुको पढाईप्रति हौसला बढाउनुभएको थियोे । समाजको बिकास गर्न शिक्षाले महत्वपुर्ण भुमिका खेल्ने र निःशुल्क शिक्षाको ब्यवस्था मिलाउनुभएका युवा समाजसेवी मनोज कुमार साहलाई प्रमुख उमेश कुशवाहाले धन्यवाद दिदै आगामी दिनमा पनि यस किसिमको सहयोग उपलब्ध गराउने वाचा भएको थिए । बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने उतरदायित्व राज्यको भएपनि राज्यले सबैतिर निःशुल्क शिक्षा प्रदान गर्न नसकेका ठाउँहरुमा मनोज कुमार साह जस्ता युवा समाजसेवीहरु अगाडि आउनु आफैमा एक उदाहरणीय कार्य रहेको प्रमुख अतिथि उमेश कुशवाहाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *