सुरज गुप्ता /
काठमाडौँ, १३ चैत्र
नेपाली कांग्रस पार्टीले एक सितारा गुमाएको छ । नविन्द्रराज जोशीको उपचारको क्रममा मृत्यु भएको हो । जोशीको मृत्यु मस्तिष्कघात भई काठमाडौँ नर्भिक अस्पालमा शुक्रबार राति ८ः२४ बजे भएको हो ।
फागुन १४ गते स्वास्थ्यमा सम्स्या भएको कारण उनलाई विर अस्पतालले उनलाई नर्भिकमा रेफर गरेको थियो । नर्भिक अस्पतालमा जोशीको उपचार कै क्रममा शुक्रबार बिहान मुटुमा समस्या भएको कारण मुटुले काम गर्न छोडे पछि, उनको मृत्यु भएको जानकारी नर्भिक अस्पतालका वरिष्ट न्यूरो सर्जन डा. राजीव झाले बताएको हुन ।