रोशन गुप्ता /
जीतपुर, १७ चैत्र
कुनै प्रकारण को शुभ कार्य अर्थात विवाह तथा पार्टी मा कुखरारको मासु पाउन स्वाभाविकै रहेको हुन्छ । तर अधिकांसको भान्छामा पाक्ने कुखुराको मासु सोचे जस्तो स्वच्छ छैन । के तपाईहरुलाई थाहाँ छ पोलेटरी फर्ममा कुखुराको तौल बढाउनको को लागि उनीहरुमाथी विभिन्न प्रकार को एन्टी बाइटिक औषधी प्रयोग गरिने गरिन्छ । कुखुराको मासु सेवनले गर्दा मानिसमा पनि एन्टिबायोगटिकले काम नै गर्न छोडने र औषधीले काम नगरे पछि सामान्य रोगबाट समेत मानिसको मृत्यु हुन सक्ने सम्भावना हुने गर्दछ ।
हाम्रो देश र छिमेकी राष्ट्र भारतमा पनि धेरै कुखुरा पोलेटरी फर्ममा अधिकान्सले एन्टीबाइटिक औषधी अधिकतर रुपमा प्रयोग गरि कम खर्चमा कुखुराको तौल बढाउने गर्ने गरेको पाइएको छ । कम समयमा कुखुराको तौल बढाई विक्री गरि लाखौ रुपैया पोलेटरी फर्मले बनाइरहेको छन । कुखुरा व्यवसाय गर्नेहरुले उपभोक्ताको स्वास्थ्यको खयाल न गरि व्यपार गरिरहेको छन ।
सरकारले सिंह दरबार गाउँ–गाउँ मा ल्याएपनि अनुगमन गर्ने टोली गाउँ–गाउँ नपुगेको स्थानियहरुको भनाई रहेको छ । सरकारले यस प्रति कुनै ठोस निति–नियम निमार्ण गर्नुपर्ने जरुरी देखिन्छ यदी यसो गरिएन भने कुन बेला महामारीको रुप लिन सक्छ, भन्न सकिन्दैन ।