रोशन गुप्ता /
जितपुर, २२ चैत्र
बिरगंज–पथलैया ६ लेन ब्यपारिक मार्ग निर्माणका क्रममा सडक विभाग को लापरवाहीले गर्दा स्थानिहरु धुलो खान बाध्ये भएका छन । पटक पटक आन्दोलन गर्दा पनि सडक विभाले नजर अंदाज गरेको भन्दै स्थानियहरु सडक मा उत्रिएका छन । धुलो बाट बाट बचन स्थानियहरु चक्का जाम गर्न बाध्ये भएको र सडक विभागलाई जानकारी गराउदा पनि समयमा पानी सडक विभागले रोडमा न हालेको स्थानिहरुको पिडा रहेको छ । सडक बिभागले खटाएका ठेकेदारले सडक खनेर अलपत्र अवस्थामा पारेको कारणले गर्दा धुलो अत्यधिक मात्रा हुने गरेको र त्यस बाट त्यहाँ का स्थानियहरु को स्वास्थ्य मा प्रत्येक्ष असर गरेको कारणले बजनिका स्थानियहरुले चक्का जाम गरेको छन ।

ब्यपारिक मार्ग निर्माणका कार्यमा लापवाही गर्ने युनाइटेड बिल्डर्सलाई कार्वाही र तत्काल काम सम्पन्न गर्नुपर्ने माग राखि गरिएको थियो । यदी सडक विभागले कानमा तेल हालेर बसने बानी छोडेन भने हामी यो भन्दा पनी कडा आन्दोलन कार्य जारीनै राख्ने युवा नेता सुनील कुमार गुप्ताले जानकारी दिनुभएको हो ।
जितपुरसिमरा उपमहानगरपालिका–७ मा पनि सडक विभागले यस्तै व्यवाहार गर्दैआएको र पटक पटक लिखित र मौखिक सहमति भएपनि आयोजना कार्यालय र निर्माण ब्यवसायीले निमार्ण कार्यलाई गति दिन न सकेको कारण त्यहाँ का व्यवसायीहरु अत्यन्त पिडा खेप्दै आएका छन । यसको साथै धुलो–नै–धुलो को कारण जितपुरमा आउने गरेका व्यपारीहरु बजार आउन छोडेका छन जसको असर व्यवसायीहरुलाई खेप्नु परेको छ । हाल व्यपसायीहरुलाई पसलको किराया पनि तिर्न गारो परेको छ । यदी सडक विभागले तोकिएको समयमा पनि काम सम्पन्न नभए स्थानिहरु, व्यपारीहरु तथा प्रतिनिधिहरुले चरण बद्ध आन्दोलन गर्ने तैयारी रहेको स्थानीयहरुको भनाई छ ।

