बाराको सिम्रौनगढमा बि.सं १९३५ लेखीएको ऐतिहासिक इँटा फेला परेको दाबी

बिपना शर्मा /
चैत्त २२ गते

पुरातात्विक महत्व बोकेको बाराको सिम्रौनगढमा रहेको रामजानकी मन्दिरमा ऐतिहासिक इँटा फेला परेको दाबी गरिएको छ । सिम्रौनगढ नगरपालिका-२ अमृतगञ्जको रामजानकी मन्दिर जीणर्ोद्धार गर्दा पुरानो कलात्मक इँटा फेला परेको नगरपालिकाले जनाएको छ ।

भेटिएको इँटामा विसं १९३५ उल्लेख भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुशन्धान गरिने नगरपालिकाले जनाएको छ । तर फेला परेको इँटामा विसं उल्लेख गरिएको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले जानकारी दिनुभयो । इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिलेदेखि नै मन्दिर रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *