रोशन गुप्ता
बारा, १० कार्तिक
बाराको प्रसौनी गाउँपालिकाले ३३ जना शिक्षकलाई स्वयंसेवक करार शिक्षकको रुपमा नियुक्ती गरेको छ । नयाँ नियुक्ति भएका शिक्षकहरुलाई गाउँपालिकाका अध्यक्ष विनोद जैसवाल तथा उपध्यक्ष किरण देवी साहले टिका, दोसाल उढाउदै नियुक्ति पत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।
नव नियुक्त भएका ३३ शिक्षक मध्ये ११ पुरुष रहेका छन भने २२ जना महिला रहेका छन । विभिन्न चरणबाट उत्तीर्ण भएका शिक्षकहरुलाई करार शिक्षकका रुपमा नियुक्त गरिएको पालिकाले जानकारी गराएको छ ।
कार्यक्रमलाइ सम्बोदधन गर्दै गाउँपालिकाका अध्यक्ष जयसवालले विधार्थीको अनुपातको तुलनामा शिक्षक दरबन्दी कम भएको तथा यसको व्यवस्थापन आन्तरिक स्रोतको बजेटबाट मिलाई विनियोजन गरिने वहाँले बताए ।
प्रसौनी गाउँपालिकाकी उपा अध्यक्ष किरण देवी साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ललिन्द्र पटेलले गरेका थिए । यस पालिकामा ६ वटा आधारभूत गरी कुल १२ वटा सामुदायिक विधालय छन भने २ वटा +२ संचालनमा रहेको छ ।
कुनै पनि देश शिक्षामा जोड दिएकै कारण बिकासमा कायापल्टन गर्न सफल भएको हो । आज हामी मेड इन चाइना, इन्डिया देखेका छौ भने त्यो मात्र शिक्षाले नै सफल पारेको हो । बजेट कम भएपनि भविष्य विकासको कार्यमा कुनै बाधा न हुने गाउँपालिकाकी उपाध्यक्ष साहले कार्यक्रम बिच बताएकी हुन ।
कार्यक्रममा वडा २ का वडा अध्यक्ष हृदयनाराण साह तेली, वडा ५ का वडा अध्यक्ष सन्तोष कुमार साह, शिक्षा शाखा प्रमुख सन्तोष रौनियार, स्वास्थ्य शाखा प्रमुख सुरेश साह, शिक्षक छनोट समितिका सदस्य बिन्दाप्रसाद जैसवाल, शिक्षा समितिका सदस्य पवन सिंह लगाएतको उपस्थिति रहेको थियो ।

