बारामै पहिलो पटक रावन दहन

रोशन गुप्ता

बारा, ८ कार्तिक 

बारा जिल्लामै पहिलो पटक जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ जितपुरमा रावन दहन कार्यक्रमको आयोजना गरिएको थियो । रावन दहन कार्यक्रम जितपुरको शान्तिटोलको खेलकुद मैदानमा कार्यक्रमको आयोजना गरिएको थियो । 

दुर्गा पूजा समितिका अध्यक्ष सन्तोष साहका अनुसार समितिले घटस्थापनादेखि शुरु भई भजन, कीर्तन, चण्डीपाठ परायणलगायतका धार्मिक गतिविधिका लागि साँझको कार्यक्रम आयोजना गरेको छ । यी कार्यक्रमहरू उत्सवको समयमा दैनिक नवदुर्गा पूजाको एक भाग थिए। पूजाको सफलतामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरुलाई कदर स्वरुप सम्मान गरिएको थियो ।

विशेष गरी रावण दहन समारोहको समयमा यस उत्सवले हजारौं भक्तजनहरूलाई आकर्षित गरेको थियो। दुर्गा पूजाका पुजारी मुकुन्द पण्डितको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री ज्वालाकुमारी साहको विशिष्ट उपस्थितिमा कार्यक्रम शुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *