बीरगंज र काठमाडौँमा भूकम्पको झड्का

रोशन गुप्ता

जीतपुर, ५ कार्तिक
आइतबार बिहान ७ बजेर ४० मिनेट जाँदा काठमाडौं र वीरगञ्जमा भूकम्पको धक्का महशुस गरिएको थियो ।

त्यसपछिका पराकम्पनले धादिङको केन्द्रविन्दुलाई निरन्तर हल्लाइरहेको छ । सोही समयमा धादिङको खरी नजिकै ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सानातिना पराकम्पनको शृङ्खला जारी रहेको जनाएको छ । आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै बिहान ८ बजेर २८ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो भने बिहान ८ बजेर ५९ मिनेटमा धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । साना पराकम्पनहरू सामान्यतया महत्त्वपूर्ण भूकम्पपछि को एक सामान्य घटना मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *