आर के गुप्ता बारा, १३ कार्तिक बाराको सिमरामा गत शनिबार राति भएको बस दुर्घटनामा घाइते भएका अर्का एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । वीरगन्जको नेपाल मेडिसिटी वयोधा अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका ७ गहवा बस्ने ३० वर्षीय सुरज साह गुप्ताको सोमबार निधन भएको हो । गुप्ताको दुखद निधन सँगै दुर्घटनामा मृत्यु हुनेको कुल संख्या दुई पुगेको छ । यसअघि घटना भएको राति भारतको मोतिहारी जिल्लाको वीरगञ्ज–७ पोखरिया पपरिया बस्ने २७ वर्षीय मुकेश साहको घटनास्थलमै ज्यान गएको थिए ।
शनिबार राति ११ बजेतिर चितवनको जलवीरेमा पिकनिकबाट वीरगञ्ज फर्कदै गरेको तारकेश्वर ट्राभल्सको रात्रि बस ना ७ ख ४७४९ नम्बरको बस बाराको सिमरा चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकको भवनसँग ठोक्किएको हो । । दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन, घाइतेमध्ये ठूलो हिस्सा वीरगन्जको गहवा क्षेत्रका छन ।