सिमरा बस दुर्घटनामा थप एक जनाको उपचारको क्रममा मृत्यु

आर के गुप्ता
बारा, १३ कार्तिक
बाराको सिमरामा गत शनिबार राति भएको बस दुर्घटनामा घाइते भएका अर्का एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । वीरगन्जको नेपाल मेडिसिटी वयोधा अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका ७ गहवा बस्ने ३० वर्षीय सुरज साह गुप्ताको सोमबार निधन भएको हो । गुप्ताको दुखद निधन सँगै दुर्घटनामा मृत्यु हुनेको कुल संख्या दुई पुगेको छ । यसअघि घटना भएको राति भारतको मोतिहारी जिल्लाको वीरगञ्ज–७ पोखरिया पपरिया बस्ने २७ वर्षीय मुकेश साहको घटनास्थलमै ज्यान गएको थिए ।

शनिबार राति ११ बजेतिर चितवनको जलवीरेमा पिकनिकबाट वीरगञ्ज फर्कदै गरेको तारकेश्वर ट्राभल्सको रात्रि बस ना ७ ख ४७४९ नम्बरको बस बाराको सिमरा चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकको भवनसँग ठोक्किएको हो । । दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन, घाइतेमध्ये ठूलो हिस्सा वीरगन्जको गहवा क्षेत्रका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *