नेपाल रेडक्रस सोसाइटी महुवन पर्सा उपशाखाको वार्षिक साधारण सभा सम्पन्न

SLF खबर
पर्सा–२१ पुस
नेपाल रेडक्रस सोसाइटी उपशाखा महुवन पर्साको वार्षिक साधारण सभाको सभापति जादु साह तेलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथ्य सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवंत यादव उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
विशिष्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटीका कोषाअध्यक्ष महन्थ सर, विशेष अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियारस, सलेन्द्र यादव, बृजभान गिरी, महुवान स्वास्थ्य चौकीका इञ्चार्ज सरोज गिरी, रामबहादुर यादव, अच्छेलाल साह, विश्वनाथ चौधरी, चन्दन सहनी, महुवान स्वास्थ्य चौकीका कर्मचारी सृष्टि यादव र मञ्जित सहनीको सहभागिता रहेको थियो ।

पर्सा जिल्लाको उपशाखामा सबैभन्दा बढी आजीवन सदस्य महुवनमा रहेका छन । सखुवा प्रसौनी गाउँपालिकाका समाजसेवी चन्दन सहनीले पर्सा जिल्लामा रहेका उपशाखा मध्ये महुवान उपशाखामा सबैभन्दा बढी आजीवन सदस्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *