बालेनले निजी स्वार्थमा निर्णय हेरफेर गर्ने सचिवालय प्रमुखसहित ३ कर्मचारी निलम्बन

आर के गुप्ता
काठमाडौँ–१७ पुस
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीन जना कर्मचारीलाई निलम्बन गरेका छन । निलम्बित हुनेमा मेयर शाहको सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य शाखा प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती विडारी रहेका छन । कार्यपालिकाको निर्णयमा छेडछाड गरेको आरोप लागेपछि सोमबार यस्तो निर्णय गरिएको हो ।

विशेष गरी वरिष्ठ शाखा अधिकृतका रुपमा चिनिएका भगवती विडारीले आफ्नी छोरीलाई करारमा जागिर दिने कार्यपालिकाको निर्णय उल्टाएको आरोप लागेको छ । गत पुसमा बसेको नगर कार्यपालिकाको बैठकले वडा नं १९ को स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत पाँच कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । यद्यपि, पछि मूल पाँच कायम राख्नुको सट्टा एक व्यक्ति थपेर निर्णय परिवर्तन गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *