कलैया स्वर्णकार हत्यामा संलगन रहेका मुख्य अभियुक्त बारा प्रहरीको नियन्त्रणमा

आर के गुप्ता
बारा–१० पुस
प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले राति ९ः३० बजे पक्राउ गरेको छ । बाराको सदरमुकाम कलैयामा विद्यालयका प्रधानाध्यापकको दिनदहाडै हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला दर्पा थाना–१ सुक्लाहिया बस्ने २५ वर्षीय सुजितकुमार सिंह रहेका छन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सिंहको साथबाट एक थान पेस्तोल र पाँच राउण्ड गोली बरामद भएको छ ।

पक्राउ पर्नबाट जोगिन खोजेका सिंहको खुट्टामा प्रहरीले गोली हानेको थियो भने विश्रामपुर गाउँपालिका वडा नं ३ पक्राउका क्रममा सिंहको दुवै खुट्टामा चोट लागेको हो ।

प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्याको दुःखद घटना गत असोज दोस्रो साता कलैयामा भएको थियो । अन्नपूर्ण स्वीट्सबाट मिठाइ किनेर मोटरसाइकलमा विद्यालय फर्कने क्रममा स्वर्णकारको छाती र टाउकोमा चार राउण्ड गोली प्रहार गरी मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

 

प्रहरीका अनुसार सिंहले उक्त घटनामा मुख्य सुटरको भूमिका निर्वाह गरेका थिए । गोली लागेर घाइते भएका सिंहको हाल कलैया अस्पतालमा उपचार भइरहेको छ । कुशल शार्पसुटरका रुपमा चिनिएका सिंह यसअघि बारामा भएका दुई घटनामा पनि संलग्न रहेको अधिकारीहरुले बताएका छन ।

 

यस विषयमा अनुसन्धान जारी छ र मुद्दा अगाडि बढ्दै जाँदा थप विवरणको आउन बाकी छ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *