अयोध्यामा “श्रीराम मन्दिर प्राण प्रतिष्ठान”को अवसरमा जितपुरसिमरामा भव्यरुपले दिपावली मनाउने

आर के गुप्ता
जितपुर–२१ पुस
भारतको उत्तर प्रदेशमा पर्ने भगवान श्रीरामको जन्मभूमि अयोध्यामा अगामी ८ गते हुन लागेको “श्रीराम मन्दिर प्राण प्रतिष्ठान” भव्यरुपले आयोजना हुन गइरहेकोले सरकारले दिप प्रज्वलन गरि दिपावली मनाउने आग्रह समेत गरेको छ ।

जीतपुरको हनुमान बाटिकामा माघ ८ गते २४औँ घण्टा सम्म अखण्ड अष्ठजा साथै महाआरतीको आयोजना गरिने कार्यक्रम रहेको छ । जीतपुरमा भव्यरुपले दिपप्रजलन गरिने तैयारी रहेको विश्व हिन्दु परिषद नेपालको जीतपुर कमिटिले जनाएको छ ।  

मधेशको राजधानीमा पनि सो दिन भव्यरुपले दिपावली मनाइने योजना रहेको छ । माता सिताको जन्मभूमी प्रभु श्रीरामको ससुरारी जनकपुरलाई दुलही जस्तै सिंगारीने मधेश सरकारको योजना रहेको छ । नेपालले पनि सो दिन विदेशी प्रयटक अत्यधिक भित्राउने अवसर पनि प्राप्त गर्ने छन । देशमा आर्थिक मन्दिले व्यवसाय चौपट भएको बेला जनकपुरवासीलाई माघ ८ गते संजिवनी प्राप्त हुनेभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *