बढदो चिसोको कारणले जीतपुरसिमराका विधालयमा ३ दिनने जाडो विदा

आर के गुप्ता
जितपुर–२३ पुस
पछिल्ला केही दिनयता देशको तापक्रममा निरन्तर गिरावट आएको छ, जसका कारण चिसोमा व्यापक वृद्धि भएको छ । अत्यधिक चिसोका कारण पठनपाठनमा आएको चुनौतीलाई मध्यनजर गर्दै बाराका स्थानीय प्रशासनले विशेषगरी जितपुरसिमरा तथा कलैया उपमहानगरपालिकामा विद्यालयमा ३ दिनको लागि विदा दिने निर्णय गरेका छन ।

जीतपुरसिमरा उपनगरपालिकाका प्रमुख राजन पौडेलले शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा चिन्ता व्यक्त गर्दै यही पुस २४ गतेदेखि २६ गतेसम्म तीन दिन बिदा दिने घोषणा गरेका हुन । 

प्रतिकूल मौसमका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको नगरप्रमुख पौडेलले बताए । उहाँले तीन दिनको अन्तरालपछि सबै सामुदायिक तथा संस्थागत विद्यालय नियमित रुपमा सञ्चालन हुने विश्वास दिलाउनुभयो ।

त्यस्तै कलैया उपमहानगरपालिकामा पनि यस्तै प्रतिक्रिया आएको छ । आफ्नो क्षेत्राधिकारभित्रका विद्यालयलाई चिसो मौसमका कारण तीन दिन जाडो बिदा दिइएको छ । बाराको शिक्षा विकास तथा समन्वय एकाइले सबै नगरपालिकालाई सूचना जारी गरी अत्यधिक चिसोको अवस्थामा बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि विद्यालयमा जाडो बिदा दिन आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *