परवानीपुरको हनुमान चौकमा भगवान हनुमानको प्रतिमा राख्ने माग

रोशन गुप्ता  

जीतपुर, २२ माघ

 

बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई राष्ट्रिय एकता अभियानले परवानीपुरको हनुमान चौकमा भगवान श्री हनुमानको प्रतिमा स्थापना बारे राष्ट्रिय एकता अभियान पर्साले औपचारिक ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।

अभियानका जिल्ला संयोजक बिकाउ प्रसाद भण्डारी (थारू) को नेतृत्वमा ज्ञापनपत्रमा धार्मिक र सांस्कृतिक महत्वलाई जोड दिँदै हनुमानको भव्य मूर्ति निर्माण गर्न माग गरिएको छ ।

वीरगञ्ज महानगरपालिका–२१ स्थित त्रिभुवन राजपथको परवानीपुर स्थित हनुमान चोकमा हनुमानको मूर्ति स्थापना गर्न आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

अभियानले धार्मिक स्थलको विकासमा नगरपालिकाले गरेको सराहनीय प्रयासको प्रशंसा गर्दै हनुमानचोकको धार्मिक महत्वलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गरेको छ ।

शालिक स्थापनाले हिन्दू धर्मावलम्बीको आस्था बलियो हुने, वीरगञ्ज महानगरपालिका प्रवेशद्वारको धार्मिक पहिचान अभिवृद्धि हुने, सांस्कृतिक संरक्षणमा सकारात्मक प्रभाव पर्ने, धार्मिक सहिष्णुता अभिवृद्धि हुने र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास अभियानले लिएको छ ।

नगरप्रमुख राजेशमान सिंहलाई बुझाइएको ज्ञापनपत्रमा राष्ट्रिय एकता अभियानले हनुमान चोकको धार्मिक महत्वलाई बुझेर औपचारिक प्रक्रिया अघि बढाउन नगरपालिकालाई आग्रह गरेको छ ।

अभियानका पदाधिकारी तथा स्थानीय समाजसेवीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अभियानले सामाजिक एकता प्रबद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण र धार्मिक सहिष्णुता अभिवृद्धिका लागि यस पहललाई महत्वपूर्ण कोशेढुङ्गा मानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *