काठमाडौँ महानगरपालिका परिसरमा दिनभर सुरक्षा सतर्कता, गोप्य सूचनापछि प्रहरी परिचालन

सुरज गुप्ता

काठमाडौँ, २३ जेठ

काठमाडौँ महानगरपालिकाको कार्यालय वरपर आज दिनभर सुरक्षाकर्मी तैनाथ गरियो । 

उनका अनुसार उपमेयर डंगोल आज बिहानै विराटनगर गएकी थिइन भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ पौने ४ बजेतिर कार्यालयबाट निस्किएका थिए । आक्रमणको योजना बनाउने समूहबारे उनले भने, “कुन समूह हो थाहा छैन, तर महानगरको विवादमा फाइदा लिन खोज्ने तेस्रो पक्षको संलग्नता हुनसक्छ जस्तो लाग्यो ।”

मेयर कार्यालयमा सम्भावित आक्रमण र कर्मचारीमाथि हातपात हुन सक्ने गोप्य सूचनाको आधारमा प्रहरीलाई खटाइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । कार्यालय समयभर काठमाडौँ प्लाजा परिसरमा बाक्लो सुरक्षा व्यवस्था कायम गरिएको थियो, यद्यपि कुनै अप्रिय घटना भने घटेन ।

प्राप्त सूचनाका अनुसार बिहान एक समूहले उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलगायतका कर्मचारीमाथि कालोमोसो दल्ने र जुत्ताको माला लगाउने योजना बनाएको थियो । सोही सूचनाका आधारमा प्रहरीले तुरुन्तै सुरक्षा व्यवस्था कडा बनाएको हो ।

महानगर प्रवक्ता नवीन मानन्धरले पत्रकारहरु सँग कुरा गर्दै भने, “बिहानैदेखि प्रहरी सतर्क थियो । कार्यालय समयभर सुरक्षा दिइयो, अहिले भने केही सुरक्षाकर्मी मात्र देखिन्छन ।”

उनका अनुसार उपमेयर डंगोल आज बिहानै विराटनगर गएकी थिइन भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ पौने ४ बजेतिर कार्यालयबाट निस्किएका थिए । आक्रमणको योजना बनाउने समूहबारे उनले भने, “कुन समूह हो थाहा छैन, तर महानगरको विवादमा फाइदा लिन खोज्ने तेस्रो पक्षको संलग्नता हुनसक्छ जस्तो लाग्यो ।”

उनका अनुसार उपमेयर डंगोल आज बिहानै विराटनगर गएकी थिइन भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ पौने ४ बजेतिर कार्यालयबाट निस्किएका थिए । आक्रमणको योजना बनाउने समूहबारे उनले भने, “कुन समूह हो थाहा छैन, तर महानगरको विवादमा फाइदा लिन खोज्ने तेस्रो पक्षको संलग्नता हुनसक्छ जस्तो लाग्यो ।”

मेयर बालेन साह कार्यालय नआएको प्रवक्ताले जानकारी दिए । “एक–दुई दिन भयो देखेको छैन, देखे पनि संवाद हुँदैन,” उनले थपे ।

हालसालै मेयर बालेन र जनप्रतिनिधिहरू तथा कर्मचारीहरूबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले ६ महिनाका लागि निलम्बन गरेपछि बालेन समर्थकहरू आक्रोशित भएका र त्यसकै परिणामस्वरूप आक्रमणको योजना बनेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *