लोगोमा रहेका JS अङ्ग्रेजी अक्षरहरूले जीतपुरसिमराको एकतावद्ध परिचय दिन्छन । यसमा देखिएको पहाडले उपमहानगरको उच्च भू–भाग तथा पर्यटन क्षेत्रलाई संकेत गर्छ भने कृषि, उद्योग र यातायात क्षेत्रलाई समेत विशेष स्थान दिइएको छ ।
नेपालकै पहिलो विमानस्थलमा प्रयोग भएको “पुस मथ” नामक विमान र नेपालकै पहिलो रेल सेवा यस क्षेत्रसँग जोडिएको इतिहासको गर्विलो पक्ष लोगोमार्फत उजागर गरिएको छ ।
त्यस्तै, उपमहानगरभित्र रहेका विशेष प्राकृतिक वनस्पति तथा जैविक सम्पदाको संकेत दिने गरी जैव(प्रविधि, औषधि अनुसन्धान तथा विज्ञान प्रवद्र्धनको सन्देश पनि लोगोमा समेटिएको छ ।
विशेष आर्थिक क्षेत्र (SEZ), अन्तर्राष्ट्रिय व्यापार, कृषिको आधुनिकीकरण, आधुनिक यातायात पूर्वाधार र शिक्षा तथा स्वास्थ्य सेवाको समुन्नत विकासका लागि उपमहानगरपालिकाको दृष्टिकोण पनि लोगोमार्फत अभिव्यक्त गरिएको छ ।
उपमहानगरपालिकाले यस लोगोका सबै प्रतीकहरूलाई समेट्दै आफ्नो पहिचान, ऐतिहासिक गर्व, समृद्ध भविष्य तथा वैज्ञानिक सोचको झलक दिने प्रयास गरेको बताएको छ ।

