एमालेले मोरङका सबै पालिकामा उम्मेदवार टुङ्गोलाएपनि विराटनगर रहयो बाकीं

बारा, ११ बैशाख /


नेकपा एमालेले मोरङका १७ मध्ये १६ पालिकामा उम्मेदवार टुङ्गो लगाएको छ । मोरङको विराटनगर महानगरपालिका बाहेकका पालिकामा एमालेले उम्मेदवार टुङ्गोलागाएको छ ।
एमाले पार्टीका मोरङ सचिव रुपेश खतिवडाले जानकारी गराए अनुसार प्रमुख पद तथा उपप्रमुख पदका पर्नको को सफल भएत
 उर्लाबारी नगरपालिका प्रमुख पदको टिकट गंगा खरेल र उपप्रमुख पदमा दयामन्ता चुडालले पाएकी हुन ।
 रतुवामाई नगरपालिका प्रमुखको टिकट दुर्गा विष्ट र उपप्रमुखको टिकट दयामन्ता चुडालले पाएकी हुन ।
 सुनबर्सी नगरपालिका प्रमुखको टिकट श्याम राजवंशी र उपप्रमुखको टिकट मिरा दासले पाएका हुन ।
 रंगेली नगरपालिकाको प्रमुख पदको टिकट दिलीप बगडीया र उपमेयरको टिकट भुमा पराजुलीले पाएका हुन ।
 पथरी शनिश्चरे नगरपालिका अध्यक्षको टिकट मोहन तुम्बापो र उपप्रमुखको टिकट देवीमाया काफ्ले पाएका छन ।
 लेटाङ नगरपालिका प्रमुख पदको टिकट भुपेन्द्र लावती र उपप्रमुख पदको टिकट कृष्णकुमारी निरौलाले पाएकी छिन ।
 सुन्दरहरैचा नगरपालिका प्रमुख पदको टिकट केदार गुरागाई र उपप्रमुखको टिकट अकली चौधरीले पाएका छन ।
 बेलबारी नगरपालिका प्रमुख पदको टिकट डिपी राई र ज्ञानेन्द्र सुवेदी कसैएकलाई पाउने छ भने उपप्रमुखमा गंगा श्रेष्ठले टिकट पाएका छन ।
 केराबारी गाउँपालिका अध्यक्ष पदको टिकट सुमन मिरिङदेन र उपाध्यक्षको टिकट मनमाया मगरले पाएका छन ।
 बुढीगंगा गाउँपालिकामा अध्यक्षको टिकट बलभन्द्र सरदार र उपाध्यक्षको तलसा कुवर विष्टले पाएका छन ।
 कटहरी गाँउपालिका अध्यक्षको टिकट सुवास सरदार र उपाध्यक्षको टिकट सिता राजवंशीले पाएका छन ।
 मिक्लागुङ गाउँपालिका अध्यक्षको टिकट नरेन्द्र ढुंगेल र उपाध्यक्ष पद निर्मला राईले पाएको छिन ।
 ग्रामथान गाउँपालिका अध्यक्षको टिकट शिवनारायण माझी र उपाध्यक्षको उम्मेदवार को टिकट गुणवती धामीले पाएकी छिन ।
 धनपालथान गाउँपालिका अध्यक्षको टिकट मुसहरु मण्डल र उपाध्यक्षको टिकट उपासीदेवी रावंशीले पाएकी हुन ।
 जहदा गाउँपालिका अध्यक्षको टिकट यशोदा गिरी र उपाध्यक्षको टिकट अनिता सोरेनले उम्मेदवारको टिकट पाएका छन ।
 कानपोखरी गाउँपालिका अध्यक्षको टिकट राजमती इङनाम र उपाध्यक्षको टिकट भोला अधिकारीले पाएका छन ।


विराटनगरको मेयर र उपमेयरको उम्मेदवार टुङ्गोलागने बाँकी रहेको छ । यस पालिका बारे पनि छिटै निर्णय गरिने जानकारी पार्टीका जिल्ला सचिव खतिवडाले जानकारी साझा गरेको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *