काठमाडौ
ललितपुरमा भुमाफिलाहरुको कालो करतुत रोक्नलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मनासा खोलाको जग्गा हाउजिङको नाममा दर्ता गरिएको विरुद्ध अख्तियारले १८ जना माथि भ्रष्टाचारमुदा दायर गरेको छ । १८ जना माथि अख्तियारले २ करोड २ लाखको दरले जरिवाना मागदाबी गरेको छ ।
भ्रष्टाचारमुदामा नापी कार्यालयका प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालयका प्रमुख बाबुराम खनाल, दिनेश न्यौपाने, नासुहरु ख्याम नारायण पौडेल र खरिदार आत्माराम लुइँटेल यसै गरि युरो हाउजिङ प्रा. लि, युरो ल्याण्ड डेभलपर्स प्रा.लिका संचालकहरु गुणीकाजी मानन्दर, बविन मानन्धर र उज्जल मानन्धर अख्तियारको फन्दामा परेको छन । अख्तियारको फन्दा मा परेका अरु पात्रा आउन जारी नै छ, प्रतिक्षा गनुहोला ।

