रोशन गुप्ता
बारा, ०३ असार /
बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा अव्यवस्थित माछा बजारलाई व्यवस्थित वडा अध्यक्ष सुनिल कुमार गुप्ता बनाए ।

वर्षौ दिन देखि अव्यवस्थित माछा बजार भएको कारणले गर्दा उक्त क्षेत्रबाट अत्यधिक दुघन्ध उत्पन्न हुने गर्दथ्यो जसको कारणले गर्दा खरिदारहरु माछा बजारमा जान रुचाउदैन्थे ।
माछा बजारमा हाल मार्वल, टाइल्स तथा पेन्ट गरि सिंगारीएको बजारलाई समाज सेवी पशुराम गिरीले रिबन काटी उदघाटन गरेका हुन ।

जीतपुरलाई मात्र नामको लागि बिजनेश हब होइन कामको लागि पनि हुन जरुरी छ । बजारलाई व्यवस्थित बनाउन , फोहोर व्यवस्थापन , शौचालय व्यवस्थापन, गुदरी बजार व्यवस्थापन तथा बालबालिका को शिक्षाको लागि अफु कहिले पनि पछि नहटने जीतपुरका वडा अध्यक्ष सुनिल कुमार गुप्ताले कार्यक्रममा बताएका छन ।


कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका का वडा अध्यक्ष सुनिल कुमार गुप्ता , पशुराम गिरी तथा स्थानिय व्यवस्यीहरुको सहभागीता रहेको थियो ।

