जितपुरमा बर्थिङ सेन्टर भवनको शिलान्यास

रोशन गुप्ता
बारा, ८ असार
/
बारा जिल्लाको जितपुरसिमरा उपमहानगर पालिका वडा ७ मा बर्थिङ सेन्टर भवनको शिलान्यास गरीएको छ । सुर्य नेपाल प्रा.लि को १ करोडको अनुदानमा भवन निर्माण हुन लागेको हो । भवन निर्माण सम्पन्न भएपछि सुर्य नेपालले वडालाई हस्तान्तरण गर्ने प्रा.लि का अध्यक्ष सुरेश काजी श्रेष्ठले बताएका छन ।


जितपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेलले बर्थिङ सेन्टरको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले जितपुर बर्थिङ सेन्टर स्वास्थ्य क्षेत्रमा फडको मार्दैगएको बताउनुभयो । यसको साथै बर्थिङ सेन्टरबाट १ हजार ८ सय ६५ घरधुरी लाभान्वित हुने वहाँले बताए ।


निर्माण हुन लागेको बर्थिङ सेन्टरको भवन नेपाल सरकारको मापदण्ड अनुसार निर्माण हुने जितपुरसिमरा उपमहानगरपालिको नगर प्रमुख राजन पौडेलले बताउनुभयो । बिर्थिङ सेन्टरको नयाँ भवन सिलन्यास देखेर सेवाग्रहीहरु खुसी भएका छन ।


सुविधा समपन्न बर्थिङ सेन्टर निर्माण समय सिमा मा नै सम्पन्न हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले बताए । स्थानिय प्रतिनिधि निर्वाचन २०७९ पछि जितपुरमा परिवर्तनको अभास भइरहेको स्थानियले बताएका छन ।


कार्यक्रममा देव नरायण चौधरी, संजय साह , सिता उप्रेती, गणेश साह, राजु राज गिरी , नविन मैनाली, अमर यादव, मनोज साह, मोहन शर्मा, अनिल तिवारी, दिपक गुप्ता, कृष्णा साह, सुरेश यादव आदी स्थानियको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *