बारा–२४ माघ
जीतपुरसिमरा उपमहानगरपालिका स्थित हरपुरमा आज क्रिकेट प्रतियोगिता सुरु भएको छ । हरपुरमा आयोजना गरिएको प्रतियागिताको आज एक कार्यक्रमका बिच पुव खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले यस प्रतियोगिताको उदघाटन गर्नुभएको थियो । हरपुर क्रिकेट क्लबका अध्यक्ष सेराजल हकको सभापतित्वमा सम्पन्न उदघाटन कार्यकक्रममा संबिधान सभाका सदस्य डा. गोपाल ठाकुर, जयराम दाहाल, प्रदेश सभा सदस्य सुन्दर बहादुर विश्वकार्मा, सिता गुरुङ, नेकपा केन्द्रीय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, वडा अध्यक्ष इलियास देवान, नेकपाका नेता देवनारायण चौधरी , मनोज पौडेल , कृष्ण खनाल, रोशन यादव , क्रिकेट संघका बारा अध्यक्ष प्रभाव चौरसीया, कवडीका फुलमहमद मंसुर लगायतको उपस्थिती रहेको क्लबको अध्यक्षले बताएका हुन ।
आज भएको कलैया क्रिकेट क्लब र गौर क्रिकेट क्लब बिच भएको खेलमा कलैयाले जित हात पारेको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र द्धितीय हुने टिमले नगद २१ हजार रुपैया , शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष शेराजुल अंसारीले बताएका हुन ।

