जितपुरका युवा नेता संतोष कुश्वाहाले गरे पत्रकारलाई सम्मान सहित शुभकामना आदान प्रादान

रोशन गुप्ता
बारा, १६ आश्विन
/
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ का संतोष कुश्वाहाले “हाम्रो पार्टी नेपाल”बाट क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका उमेदवार भएका छन । युवा नेता संतोष कुश्वाहाले नेपालीहरुको महान पर्व बडादशैँको अवसर पारेर शुभकामना आदान–प्रादन सहित ७ पत्रकारकालाई सम्मान गरेका छन ।


धेरैलाई लाग्न सक्छ होला कि लौरो चिन्ह खारेज भयो भनेर तर यो कुरा सत्य होइन, सत्य के रहेको छ भने लौरो चिन्हबाट धेरै उमेदवारले निर्वाचन आयोगबाट विना चुनावी चिन्ह, धेरै स्वतन्त्र उमेदवार प्रचार–प्रसारमा लागेको थिए । यसै प्रसंगलाई फिल्टर गर्दै निर्वाचन आयोगले लौरो चिन्ह “हाम्रो नेपाल पार्टी ” को नाममा दर्ता भएको हुनाले यो चिन्ह सम्बन्धी पार्टीको मन्जुरी बिना प्रसार प्रचार नगर्न आदेश दिएको थियो ।


गाउँ देखि सहर सम्म रोड तथा बाटोको उचित पहुच नभएले जनताहरु निरास भएका छन । देशमा धेरै पार्टी छन तर जनताले सोचे जति बिकास कहाँ कसैले गर्न सकेका छन । जुन सुकै नेता आएपनि देशमा विकास गर्न असफल भएको कारणले मैले आफनो उमेदवारी दर्ता गराएको जानकारी कार्यक्रम विच कुश्वाहाले बताए ।


कुश्वाहाले जितपुरको ड्रिम ताज होटेलमा वडा दशैँ, तिहार, छठ तथा नेपाली सम्वत् ११४२ को एक–अर्कामा शुभकामना आदन–प्रदान सहित देशको चौथो अंग मानिने पत्रकारलाई सम्मान तथा चियापान कार्यक्रम आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *