रोशन गुप्ता
२०७७ फागुन १३ गते
प्रहरी बल नेपाल रुपन्देहीका दुई जना अधिकृतलाई रु ५० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको छ ।
५० हाजर घुस कार्यमा पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा ३ लोण्डिहवा रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जानकरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सुचना अधिकारी सुरेश भुसाले गराएको हुन ।

