रोशन गुप्ता
जीतपुर–७, बारा
धेरै महिना देखि जितपुरसिमरा उपमहानगरपालिका को व्यव्सायीले सेटर भाडा दर रेट बारे बिरोध गर्दैआएका थिए । त्यो फलस्वरुप हामीले ५२ औँ कार्यपालिका बैढक बस्यो त्यसमा सटरको विषयमा कुरा आउदा खेरी हाम्रो गुदरी बजार मात्र होइन कि जितपुर र सिमरा मा रहेका सटर भाडा मा लागेका र रोकिएका जति भाडा दर रेट थियो त्यसमा ३० प्रतिशतले हामीले मिन्हा गरेर हामीले भाडा लिने निर्णय गरेको कुरा जितपुरसिमरा उपमहानगरपालिका की उप–मेयर सरस्वती देवी चौधरीले बताएकी हुन ।
जीतपुरसिमरा उपमहानगरपालिकाले ४ गुणा सेटर भाडा रेट बढाएको कारणले गर्दा जितपुर का व्यपारीहरुले बारम्बार नगरपालिकालाई घेरा गर्दैैआएका थिए । एक त लकडाउनले मारेकै हो व्यपारीहरुलाई त्यसमा नगरपालिका को यो निर्णयले मारेको आम जनताहरुको भनाई रहको छ । यसै विषयलाई केन्द्रीत गर्दो जितपुरसिमरा उपमहानगरपालिकाले ३० प्रतिसत भाडा रेटमा कटौती गरेको हो । यो निर्णय स्वागत योग्य न रहेको जितपुरका व्यपारीहरुले बताएका छन ।
जितपुरसिमरा उपमहानगरपालिकाले एकै चोटी ४०० प्रतिसत सेटर भाडा बढाएर ३० प्रतिसत घटाउनु एक संका को विषय नै हो । यसमा उपमहा नगरपालिका को मेयर तथा उप–मेयरले पुण एक चोटी विचार गर्नु धेरै जरुरी रहेको छ । व्यपारीहरुको आकान्छा भन्दा यो धेरै सेटर भाडा ४ गुणा भयो । सरकारले तोकेको मापदन्ड अनुसार पहिलाको जुन भाडा थियो त्यसलाई नै लागु गरोस भन्ने व्यपारीहरुको भनाई पनि रहेको छ । यस उमहानगरपालिकाले हामी सँग कुनै राय नै लिएको छैन किन भने सुरुमा उहाँहरुले एक राय विचार गरेर सेटर भाडा रेट बनाउने भने पनि यो कुरा मात्र कुरा बोलिमै सिमित रहयो । हाल को निर्णय स्वागत योग्य न भएको जितपुरसिमरा नगर उधोग वाणिज्य संघका महा सचिव शिवजी साह सोनारले बताएका हुन ।
Not bad