जीतपुर–७, बारा
रोशन गुप्ता
जीतपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जीतपुर–७ स्थित शान्तीटोलमा वडा स्तरीय बजेट १० लाख बाट ३०० मिटर नाला निमार्ण गरिदैछ । नाला नभएको कारणले गर्दा स्थानियहरुलाई धेरै समस्या भएको नाला निमार्ण उपभोक्ता समिति का अध्यक्षले बताएका हुन । यस नाला निर्माणकार्य धार्मिक परम्परा अनुसार शिलान्यास गरिएको वडा सदस्य ज्ञानी पासवानले बताएकी छिन ।
पुरानो हल तर्फ रहेको शान्ति टोलमा पानिको मौसममा बाटो मा पानी जम्ने समस्याको कारणले गर्दा आम जनताहरुलाई धेरै समस्या रहेको र नाला निमाण कार्य शुरु भए पछि स्थानियहरु खुशि भएका छन ।
यस शिलान्यास कार्यक्रमको बेला वडा–७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य मोहरम मंसुर,वडा सदस्य दुर्गा रिजाल, वडा सदस्य ज्ञानी पासवान र नाला निर्माण उपभोक्ता समितिका अध्यक्ष छोटेलाल साह, समितिका सदस्य निलम साह सोनार, बिरेन्द्र साह, सुख चन्द्र सिंह (थारु) , पारस साह, पुनम साह लगाएत स्थानिहरुको उपस्थिती रहेको थियो ।
नाला निमार्ण उपभोक्ता समिति का अनुसार ३०० मिटर नाला निर्माण चैत्र २० गते सम्म सम्पन्न हुनेछ ।

