बारा–४ मा श्रेष्ठ भन्दा थारु ६३० मतले अग्रस्थानमा

रोशन गुप्ता 

बारा, ६ मंसिर /

बारा निर्वाचन क्षेत्र नं ४ प्रदेश सभा उमेदवार तर्फ नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका देव नारायण थारु ६३० सय मतले क्षेत्र बहादुर श्रेष्ठ भन्दा अगाडी देखिएका छन ।

एमाले पार्टीका उमेदवार देवनारायण थारुले ४६५२ मत पाएका छन भने सत्ता गठबन्धनको तर्फ बाट माओबादी बाट उमेदावर बनेका क्षेत्रबहादुरले ४०२२ मत ल्याइ श्रेष्ठ भन्दा थारु ६३० ले अहिले सम्म अग्रस्थानमा देखिएका छन । 

यसै गरी २२६९ मत ल्याई तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी यम कुमार मगर रहेका छन भने १३८९ मत ल्याई चौथो स्थानमा हाम्रो नेपाली पार्टी बाट उमेदवार बनेका सन्तोष कुश्वाहा रहेका छन ।

प्रदेश सभा तर्फ हाल सम्म ६३० मत बदर भएका छन भने अहिले जितपुर –७ को मतगणना हुँदै छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *