बारा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा उमेदवार तर्फ ५२७ सय मतले रामबाबु यादव नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी ज्वाला साह भन्दा अगाडी देखिएका छन ।
एमाले पार्टीका उमेदवार ज्वालाले ५५२७ मत पाएकी छन भने जनता समाजवादी पार्टीको तर्फ बाट उमेदावर बनेका रामबाबु यादवले ६०५५ मत ल्याइ साह भन्दा यादव ५२७ मतले अहिले सम्म अग्रस्थानमा देखिएका छन ।
यसै गरी ३३९४ मत ल्याई तेस्रो स्थानमा सत्ता गठबन्धन तर्फ लोकतान्त्रिक समाजवादी पार्टी बाट उमेदवारी दिएका लालबाबु सिंह रहेका छन ।