प्रधानमन्त्री केपी शर्मा ओलीले गरे एकैपटक १६५ सडकको शिलान्यास

सुरज गुप्ता /
काठमडौ, २१ चैत्र
काठमाडौ स्थित बालुवाटार प्रधानमन्त्री निवास बाटै बिहान ११ बजे १६५ वटा सडक को शिलान्यास एकै चोटी गरेको हुन । हरेक निर्वाचन क्षेत्रका सांसदहरु का सिफारिसमा यस सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
निर्माणहुन लागिएका सबै सडकको कुल लम्बाई २ हजार २ सय १० किलो मिटर रहेको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले बताए । निर्मान हुने लागिएका सडक को कुल खर्च ५७ अर्ब १० करोड रुपैयाँ लाग्ने तथा ३ वर्ष भित्र निर्माण कार्य सफल हुने कुमारले बताएका हुन । यस सडक शिलान्यास कार्यक्रममा मन्त्रीहरु तथा प्रतिनिधि सभा का सदस्य तथा राष्ट्रिय सभा सदस्यहरुको उपस्थितिमा आजको कार्यक्रम सम्मपन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *