ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले आध्यात्मिक ज्ञान समारोह सम्पन्न

रोशन गुप्ता /
जीतपुर, २१ चैत्र
ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र शनिबार जीतपुरमा आध्यात्मिक ज्ञान समारोह सम्पन्न गरेको हो । आफ्नै आगनमा ८५ औँ महाशिवरात्रि को अबसरमा आध्यात्मिक समारोह कार्यक्रम सम्मन्न गरको थियो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिरगंजकी संचालिका ब्रह्माकुमारी बेली दिदीको अध्यक्षतामा कायक्रम भएको थियो ।
सेवा केन्द्र जीतपुरमा रहेको भवन बनाउनका लागि समाज सेवी पशुराम गिरी ज्युले सहयोग स्वरुप आफ्नै जग्गा केन्द्रलाई हस्तान्तरण गरेको र अगामी दिनमा पनि संस्थालाई सक्दो सहयोग गर्ने कार्यक्रमा आफ्नो मन्तव्य राख्दै सो कुरा बताएका थिए ।

सेवा केन्द्रले शान्त समाज निर्माणको लागि चेतना फैलाउने काम गरेको भन्दै यस्तो कार्यमा वडाको तर्फबाट हुन सक्ने सहयोगका लागि सधै तत्पर रहने जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष रामबाबु कलवारले प्रतिबद्धता ब्यक्त गरे ।
साथै ब्रहमाकुमार राजु घले मानव मनबाट उत्पन्न नकारात्मक विचारलाई न्युनिकरण गरि सकारात्मक विचारको प्रवाह बढाई जीवनमा सुख, शान्ति र आनन्दको अनुभुती गर्न सक्ने र मनलाई शान्त बनाउन सहयोग पुर्याउने बताए । ब्रहमाकुमार राजु घले अन्तराष्ट्रिय अवार्डहरुबाट सम्मानीत भएको र कार्यक्रमका मुख्य बक्ताको रुपमा रहनु भएके थिए ।
आध्यात्मिक ज्ञान समारोह कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष रामबाबु कलवार, वडा सदस्य ज्ञानी पासवान, वडा सदस्य दुर्गा रिजाल , युवा नेता अफताब आलम, युवा नेता तथा समाजसेवी सुनिल कुमार गुप्ता, गणेश साह कलवार, मनोज शाह कलावार, राजेश गिरी लगाएत जितपुरका स्थानियहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *