आज प्रसौनी गाउँपालिकाले ४ हजार भन्दा बढी बोटबिरुवा वितरण गर्ने

रोशन गुप्ता

बारा, २९ असोज

बारा जिल्लाको पर्सौनी गाउँपालिकाको कार्यालयले ४ हजार ६३ वटा बोट विरुवा वितरण गर्ने भएको छ । डिभिजन वन कार्यालय सिमराको सहयोगमा पालिकाले ३ प्रकारका विरुवा वितरण गर्ने भएको छ । आप, लिच्ची र कटहर को बोट बिरुवा वितरण हुनेछ ।

पालिकाबाट बोटविरुवा प्राप्त गर्नको लागि नागरिकताको फोटो कापी पेश गर्नुपर्ने छ । 

सिर्मगढ नगरपालिकाको वडा ८ र ९ मा १ हजार र प्रसौनी गाउँपालिकाका ७ औँ वडाको लागि ४ हजार ६३ वटा बोटविरुवा उपल्बध गराइएको जानकारी डिभिजन वन कार्यालय सिमराका सहायक वन अधिकृत ललन राउत कुर्मीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *