छातापिपरामा १ सय ४२ दलित बालबालिकालाई छात्रवृत्ति वितरण

रोशन गुप्ता

बारा, २८ असोज

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ९ छातापिपरामा ४०० को दरले १४२ दलित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय छातापिपरामा कक्षा १ देखि ८ सम्म अध्यनरत सम्पुर्ण छात्रा र कक्षा १ देखि १० सम्मका दलित छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । 

दलित बालबालिकाहरु आर्थिक अवस्था कमजोर भएका कारण विधालय छोडने बाध्य हुने गरेकाले यस्तो अवस्थामा बालबालिकाहरुलाई शिक्षामा प्रोत्साहन गर्ने उदेश्यले पोसाक, ब्याग छात्रवृत्ति वितरण गरिएको वडा ९ का वडा अध्यक्ष मोतिलाल राउत अहिरले बताए । 

विधालयमा विगतको दिन भन्दा बालबालिकाहरु शिक्षा प्रति अकर्सित दोबर भएका छन । निवार्चित प्रतिनिधिले बिधालयको विकासलाई प्राथमिक्तामा राखेको कारणले गर्दा अबिभावकहरु बलबालिकाहरुको शिक्षा प्रति सन्तुष्ट रहेको विधालयका प्रधानध्यापक पिताम्बर चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *