बारा, १८ असोज
आषाढ शुक्ल पूर्णिमा अर्थात ज्ञान दिने गुरुको सम्मान गर्ने दिन भन्ने बुझिन्छ । “गु” को अर्थ अन्धकार र “रु” को अर्थ उज्यालो हुन्छ । अँध्यारोबाट उज्यालो तर्फ आर्कशित गर्दै लग्ने पात्रालाई नै सम्मानपूर्वक गुरु भनिएको समातन धर्मको मान्यता छ । १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि सोमबार मनाइँदैछ ।
सोमबार ३० घडी २७ पला अर्थात ५ बजेर २५ मिनेटमा पूर्णिमा तिथि छ । गुरुदेवो भनेर सनातन संस्कृतिमा गुरुलाई देवता कै स्थान दिएको सनातन धर्मको मान्यता छ ।
संसारमा ल्याउने , संस्कार गर्न सिकाउने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिएको छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिता भन्दा गुरु ठुला हुन्छन भन्ने सनातन वैदिक धर्मको मान्यता छ । यसैको कारणले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।
गुरुस् साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमस् ।।
सनातन वैदिक धर्म मान्यता अनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ । गुरुलाई पहिलो स्थानमा र त्यसै गरी माता को स्थान दोस्रो रहेको छ भने तेस्रो स्थानमा पितालाई दिएको देखिन्छ । माता पिता जस्तै गुरुलाई पनि देवता को रुपमा मानिएको हुनाले “आचार्यदेवो भव” भनिन्छ । ज्ञानको दिपले व्यक्तिको जीवन परिवर्तन गराईदिने हुनाले मातापिता भन्दा गुरुको स्थान ठुला रहेको सनातान धर्मको मान्यता छ ।

