जितपुरमा श्री गणेश भगवानलाई २ क्विन्टल ७१ केजी लड्डु चढाइने

रोशन गुप्ता 

बारा, ३१ भदौ

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा यस वर्ष श्री गणेश चतुर्थी पूजाका क्रममा भगवान गणेशलाई प्रसादका रुपमा २७१ किलोको ठूलो लड्डु चढाइने भएको छ । 

बाराको जितपुर स्थित श्री सिद्धि विनायक पूजा समितिले मंगलबार देखि सात दिने भव्य पूजा गर्ने भएको छ । महोत्सवको पहिलो दिन जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ मा आयोजना गरेको पत्रकार सम्मेलनपछि आयोजकले गौशाला–७ को मैदानमा भव्य शोभायात्रा निकाल्ने कार्यक्रम तय गरेको छ ।

आयोजक समितिका अध्यक्ष श्रीराम साह कानुले घोषणा गरे अनुसार आगामी श्री गणेश चतुर्थी उत्सवमा एक महोत्सव, एक मेला, एक खेलकुद उत्सव, रोटे पिङ र परम्परागत पूजा समावेश हुनेछ। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई चढाइने पूज्य लड्डु महाप्रसादको आकार वृद्धि गरिएको आयोजक समितिका अध्यक्ष ले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले यस वर्षको पूजामा २सय ७१ किलोको एउटा लड्डु राखिने जानकारी दिए, जुन अघिल्लो चाडको लड्डुभन्दा १० किलो लड्डुभन्दा बढी हो ।

भगवान ् गणेशको साँझको पूजा, भजन कीर्तन सहित दैनिक ५० किलो लड्डु वितरण गर्ने आयोजकले घोषणा गरेको छ । संस्थाका कोषाध्यक्ष मनोहर सोनीले हालसम्म रु दुई लाख मात्र प्राप्त भएकाले गणेशको पूजाका लागि आर्थिक सहयोग गरिदिन आग्रह गर्दै स्थानीय समुदायलाई अपिल गरेका छन ।

पत्रकार सम्मेलनमा वडा नं ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले भगवान गणेश पूजाका लागि व्यक्तिगत र वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जीतपुरमा विगत ११ वर्षदेखि भगवान गणेशको पूजा गर्ने परम्परा रहिआएको आयोजकले जनाएको छ ।

हरेक वर्ष झै भगवान श्री गणेशको शोभायात्रा फेरि यस पटक हाती र घोडा सहित नगर परिक्रमा गरिने आयोजकले पत्रकार सम्मेलन मा जनाएका छन । पत्रकार सम्मेलनमा वडा नं ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ता, पूर्ववडाध्यक्ष रामबाबु गुप्ता, नगर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज कुमार गुप्ता, नेता आफताब आलम, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *