रोशन गुप्ता काठमाडौँ, ३१ भदौ नेपालले ५० हजार मेट्रिक टन चिनी उपलब्ध गराउन भारतलाई अनुरोध गर्दै पत्र लेखेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीका अनुसार नेपालले भारत सरकारसँग ५० हजार मेट्रिक टन चिनी माग गरेको छ । दशैं, तिहार र छठ जस्ता चाडपर्वमा चिनीको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले यो आग्रह गरिएको हो ।
जी–२० शिखर सम्मेलनका कारण नेपालले पत्राचार प्राप्त गर्न ढिलाइ भोग्नु परेको समाचारहरू आएका छन l उनले नेपालले एक लाख मेट्रिक टन चामल , १० लाख मेट्रिक टन धान माग गरेको जानकारी दिए ।