कलैयाका मेयरले विद्यालय बन्द गरि आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी

रोशन गुप्ता
बारा, ३ असोज
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले विधालय बन्द गरेर हडतालमा वा कुनै प्रकारका आन्दोलनमा जाने वा सहभागी हुने शिक्षकलाई कडा चेतावनी दिएका छन ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकले बुधबार देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन । उनीहरुले सरकारले निर्माण गरेका शिक्षा कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० फिर्ता लिन माग गरेका छन ।

यही अवस्थालाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिकाका प्रमुख साहले मंगलबार साँझ एक सूचना जारी गर्दै उपमहानगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालय बन्द गरेर आन्दोलन मा जने शिक्षकलाई कारवाही गर्न सक्ने चेतावनी दिएका हुन ।

नगरप्रमुख साहले माध्यमिक विद्यालयबाट बढीमा दुई जना र प्राथमिक विद्यालयबाट बढीमा एक जना शिक्षकलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन । विरोधको नाममा विद्यालय बन्द गर्नु कानुनी रूपमा स्वीकार्य छैन भन्ने मान्यताबाट यो अपील उत्पन्न भएको छ, किनकि यसले बालबालिकालाई शिक्षाको मौलिक अधिकारबाट बञ्चित गर्न सक्छ ।

नगरप्रमुख साहले विद्यालय खुला राख्ने र कक्षा सञ्चालन नगर्ने प्रधानाध्यापक र शिक्षकले स्थापित नियमअनुसार परिणाम भोग्नुपर्नेमा जोड दिँदै कडा चेतावनी दिएका छन । उनले कुनै पनि बहानामा नगरभित्रका सामुदायिक विद्यालय बन्द गर्ने हो भने कारबाही हुने दृढता व्यक्त गरे । नगर प्रमुख साहले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *